मोड्रिचले अहिल्यै सन्यास नलिने

लोकपथ
196
Shares

काठमाडौं । क्रोएसियाका कप्तान लुका मोड्रिचले अन्तराष्ट्रिय फुटबलबाट अहिल्यै सन्यास नलिने घोषणा गरेकाका छन् ।

क्रोएसियालाई विश्वकपमा तेस्रो स्थान दिलाउन सफल मोड्रिचले अर्को वर्ष जुनमा हुने नेसन्स लिग फाइनलसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने योजना बनाएका छन् ।

शनिबार राति मोरक्कोलाई २-१ ले हराएर क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो ।

‘म राष्ट्रिय टोलीको आनन्द लिइरहेको छु,’ ३७ वर्षीय मोड्रिचले भने, ‘मलाई अझै पनि उच्च स्तरमा प्रदर्शन गर्न सक्छु जस्तो लाग्छ । म आफ्नो यात्रा कम्तिमा नेसन्स लिगसम्म जारी राख्न चाहन्छु।’

मोड्रिचको यो अन्तिम विश्वकप हो । २०१८ को रुस विश्वकपमा मोड्रिचले क्रोएसियालाई उपविजेता बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?