स्कालोनी र मेस्सी : २००६ सम्म टिममेट, अहिले मुख्य प्रशिक्षक र खेलाडी

लोकपथ
322
Shares

काठमाडौं । १९३० मा उरुग्वेबाट शुरु भएको विश्वकपको २२ औँ संस्करणको फाइनल खेल आज कतारमा हुँदैछ । फाइनलमा समान दुई दुई पटक विश्वकप जितिसकेका फ्रान्स र अर्जेन्टिना आमने सामने हुँदैछन् ।

३५ वर्षिय अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीको यो अन्तिम विश्वकप हो । हाल अर्जेन्टिनाका मुख्य प्रशिक्षकको रुपमा लियोनेल स्कालोनी रहेका छन् ।

यसपटकको विश्वकपमा मेस्सी र स्कालोनीको रोचक कुरा के छ भने २००६ को फिफा विश्वकपमा लियोनेल मेस्सी र लियोनेल स्कालोनी दुवैले अर्जेन्टिनाका लागि विश्वकप खेलेका थिए ।

स्कालोनी सन् २००६ सम्म मेस्सीका टिममेट (खेलाडी) थिए । तर २२ ओं संस्करणको कतार विश्वकपमा आइपुग्दा भने स्कालोनीले अर्जेन्टिनाका मुख्य प्रशिक्षकको रुपमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?