विश्वकपको ट्रफी नै दुईपटक चोरी : एउटा कुकुरले भेट्टायो, अर्को अझै बेपत्ता

'पत्रिकाले बेरिएको अवस्थामा पिकल्स नामको कुकुरले भेट्टाएको थियो ट्रफी'

१९३० मा उरुग्वेबाट शुरु भएको विश्वकपको २२ औँ संस्करणको फाइनल खेल आज कतारमा हुँदैछ । फाइनलमा समान दुई दुई पटक विश्वकप जितिसकेका फ्रान्स र अर्जेन्टिना आमने सामने हुँदै छन् ।

हालसम्म ब्राजिलले सर्वाधिक पाँच पटक विश्वकपको उपाधि चुमिसकेको छ । ब्राजिलपछि जर्मनी र इटालीले चार–चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई–दुई पटक तथा इंग्ल्याण्ड र स्पेनले एक-एक पटक विश्वकपको उपाधि जितेका छन् ।

Lusail, Rose Bowl and the iconic Maracana - Every FIFA World Cup final venue over the years | Goal.com

विश्वकप ट्रफी सामान्यतया विश्वकप खेल अगाडी विश्वभर लगिन्छ । विश्वका विभिन्न देशहरुमा यसलाई प्रदर्शनमा राख्ने चलन छ । कडा सुरक्षामा राखिने यो ट्रफी २ पटक चोरी भइसकेको छ ।

विश्वकपको इतिहासमा हालसम्म दुईवटा ट्रफीहरू प्रयोग भएका छन् । पहिलो जुल्स रिमेट ट्रफी सन् १९३० देखि १९७० सम्म प्रयोग गरिएको थियो । र, अर्को विश्वकप ट्रफी जुन अहिले प्रयोगमा रहेको छ । सन् १९७४ देखि हालको विश्व कप ट्रफी प्रयोग गरिएको थियो ।

विश्वकप ट्रफी पहिलोपटक लण्डनमा चोरी भएको थियो । लण्डनको वेस्टमिन्स्टर सेन्ट्रल हलमा सार्वजनिक प्रदर्शनीमा राखिएको ट्रफी विश्वकप शुरुहुनु भन्दा चार महिनाअघि अर्थात सन् १९६६ मार्च २०, मा चोरी भएको थियो ।

विश्वकप ट्रफी चोरी भएको ७ दिनपछि पत्रिकाले बेरिएको अवस्थामा दक्षिण लण्डनको बेहुला हिलमा रहेको आवासीय बगैंचामा भेटिएको थियो । उक्त ट्रफी पिकल्स नामको कुकुरले फेला पारेको थियो ।

चोरी भएपछि फुटबल संघले सुरक्षालाई मध्यनजर गर्दै विश्वकप ट्रफीको डुप्लीकेट ट्रफी बनाए । त्यसपछि डुप्लीकेट ट्रफीलाई प्रदर्शनीहरूमा प्रयोग गर्न थालियो ।

फिफाले आधिकारिक रूपमा प्रतिलिपि बनाउन अनुमति अस्वीकार गरेको थियो । त्यसपछि उक्त नक्कली ट्रफी १९९७ मा लिलामीमा २ लाख ५४ हजार ५०० पाउण्डमा बेचिएको थियो । उक्त ट्रफि हाल म्यानचेस्टरमा इङलिस नेसनल फुटबल संग्रहालयमा राखिएको छ ।

१९७० मा, ब्राजिलले लगातार तेस्रो पटक विश्वकप ट्रफी जितेपछि ब्राजिललाई मूल जुल्स रिमेट ट्रफी दिइएको थियो ।

दोस्रोपटक चोरिएको ट्रफी भेटिएन

लण्डनपछि ब्राजिलमा फेरि ट्रफी चोरीको शृंखला दोहोरियो । १९८३ मा दोस्रो पटक विश्वकप ट्रफी चोरी भएको थियो । एक समूहले ब्राजिलियन सकर कन्फेडेरेसन मुख्यालयमा प्रवेश गरे ।

ट्रफी राखिएको उक्त मुख्यालयमा उनीहरु बन्द समय सम्म कुरेर बसेका थिए । कार्यालय समयबन्द हुने बेलाको मौका छोप्दै उनीहरुले ट्रफीलाई सुरक्ष दिइरहेका सुरक्षकर्मीको घाटी थिचेर ट्रफी चोरेका थिए । चार संदिग्धलाई अपराधको लागि मुद्दा चलाइएको थियो र दोषी ठहराइएको थियो ।

उक्त ट्रफी अहिलेसम्म भेटिएको छैन, र यो पगालिएको र बेचेको विश्वास गरिन्छ। १९७० मा ब्राजिलले मूल ट्रफी जिते पछि १९७४ को विश्वकपको लागि फिफाले नयाँ ट्रफी प्रयोगमा ल्याएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?