विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्स भिड्दै

लोकपथ
154
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ ।

कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरु हुनेछ ।

अर्जेन्टिना र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि दाउमा मैदान उत्रनेछन् । दुवै देश हालसम्म समान दुई-दुई पटक विश्वकप विजेता भइसकेका छन् ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा र फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकपको उपाधि हात पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?