सिद्धार्थ बैंकले पायो २ अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति

काठमाडाैं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलार्इ २ अर्ब २५ करोड रूपैयाँको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । 

सिद्धार्थले ७ बर्यका लागि १०.५% ब्याजदर दिनेगरि एसबीएल डिबेञ्चर-२०८२ जारी गर्न अनुमति पाएको हो ।

र्इक्रा नेपालले सिद्धार्थको ऋणपत्रलार्इ 'र्इक्रा एनपी ट्रिपल बी प्लस' रेटिङ गरिदिएको छ । यो रेटिङले सिद्धार्थको ऋणपत्रको सुरक्षा मध्यम किसिमको रहेको जनाउँछ ।

प्रतियुनिट १००० रूपैयाँ पर्ने कुल डिबेञ्चरमध्ये ४ लाख ५० हजार र्इकार्इ सर्वसाधारण र १८ लाख र्इकार्इ निजी क्षेत्रलार्इ छुट्यार्इएको छ ।

डिबेञ्चर निष्काशन गर्न सिद्धार्थले एनअार्इसी एसिया क्यापिटललार्इ ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?