कतार विश्वकपमा कास्य पदकको लडाईं : पहिलो हाफसम्म क्रोएसिया अगाडि

लोकपथ
182
Shares

काठमाडौं । फिफा विश्व २०२२ अन्तर्गत तेस्रो स्थानका लागि जारी प्रतियोगितामा क्रोएसियाले मोरक्कोविरुद्ध अग्रता थपेको छ ।

खेलको ७ औँ र १० औँ मिनेटमा दुवै टालीले समान १ गोल गरेपछि रोचक र प्रतिस्पर्धातमक बनेको खेलको ४२ औँ मिनेटमा क्रोएसियाले थप एक गोल गर्दै २–१ को अग्रता कायम गरेको हो ।

खेल शुरु भएको दस मिनेट नहुँदै दुवै पक्षबाट समान एक गोल भएको थियो ।

क्रोएसियाका लागि खेलको ७ औँ जोस्को ग्वार्डियोल गोल गरे भने मोरक्कोका अचरफ दारीले ९ औँ मिनेटमा बराबरी गोल फर्काए ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा चलिरहेको खेलको ४२ औँ मिनेटमा क्रोएसियाका मिसलाभ ओर्सिकले गोल गर्दै तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाको पहिलो हाफमा अग्रता दिलाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?