कतार विश्वकप : रोमाञ्चक बन्दै क्रोएसिया र मोरक्कोबीचको खेल

लोकपथ
39
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्व २०२२ अन्तर्गत अहिले तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच खेल हुँदै छ । खेलको शुरु भएको दस मिनेट नहुँदै दुवै पक्षबाट समान एक गोल भएको छ ।

खेलको शुरुवातमा क्रोएसियाले पहिलो गोल गर्दै अग्रता कायम गरेपनि उक्त अग्रता लामोसमयसम्म टिक्न सकेन । मोरक्कोले खेलको ९ औँ मिनेटमा जवाफि गोल फर्कायो ।

क्रोएसियाका लागि खेलको ७ औँ जोस्को ग्वार्डियोल गोल गरे भने मोरक्कोका अचरफ दारीले गोल गरे । खेल कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा चलिरहेको छ ।

साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० तथा पहिलो पटक सेमिफाइनलमा पुगेको मोरक्को साविकको विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?