मुक्तिनाथ विकास बैंकले शेयरधनीलार्इ २०% हकप्रद शेयर दिने

काठमाडाैं : गत अार्थिक बर्षको नाफाबाट १८.२५% बोनस शेयर दिने प्रस्ताव गरेको मुक्तिनाथ विकास बैंकले फेरि अाफ्ना शेयरधनीलार्इ बोनश पश्चात कायम हुने चुक्तापूँजीको २०% हकप्रद शेयर दिने भएको छ । 

यो बैंकले मंसिर २९ गते साधारणसभा अाब्हान गरेको छ । साधारणसभामा बैंक सञ्चालक समितिले शेयरधनीलार्इ चुक्ता पूँजी २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३१७ रुपैयाँको १८.२५% बोनस अर्थात ४७ करोड २९ लाख ९६ हजार ८०६ रुपैयाँबराबरको शेयर दिने प्रस्ताव लैजाँदैछ । साथै, कर प्रयोजनको लागि ०.९६% नगद लाभांश पनि दिने प्रस्ताव सञ्चालक समितिले तयार पारेको छ।

बोनस शेयर दिएपछि यो बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड ४७ लाख ६० हजार १२३ रुपैयाँ पुग्नेछ । कायम हुने नयाँ चुक्तापूँजीको २०% रकम बराबरको हकप्रद शेयर जारी गर्ने बैंकको प्रस्तावमा उल्लेख छ । चुक्ता पूँजी बढाउन बैंकले हकप्रद शेयर जारी गर्न लागेको हो । यसअघि पनि मुक्तिनाथले अाफ्ना शेयरधनीलार्इ ४०% हकप्रद शेयर बिक्री गरेको थियो । 

बैंकले साधारणसभामा अधिकृत पूँजी ४ अर्ब पु-याउने, बैंक र अन्य उपयुक्त कुनैपनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिन संस्था पहिचान गर्ने, सहमतिपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्न परामर्शदाता,मूल्याङ्कनकर्ता र लेखापरिक्षक नियुक्ति गरि पारिश्रमिक तोक्ने र मर्जर प्राप्तीका अन्य आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पेश गर्दैछ । 

साधारणसभा र लाभांश प्रयोजनका लागि मुक्तिनाथले मंसिर १८ देखि २५ गतेसम्मका लागि बुक क्लोज अवधि तोकेको छ । मंसिर १७ गतेसम्म कायम हुने शेयरधनीहरूले लाभांश प्राप्त गर्नेछन् भने साधारणसभामा सहभागीता जनाउन सक्नेछन् ।

बैंकको साधारणसभा कास्कीको पोखरास्थित सिटी स्क्वायरमा मंसिर २९ गते अायोजना गरिँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?