६ वटा म्युचुअल फन्डले ६ अर्ब ३५ करोड रूपैयाँको प्राथमिक निष्काशन गर्दै

काठमाडाैं : ६ वटा म्युचुअल फन्डहरूले पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डसँग ६३ करोड ५० लाख र्इकार्इ प्राथमिक निष्काशन गर्न अनुमति मागेका छन् । मर्चेन्ट बैंकहरूले सञ्चालन गरिरहेका यी फन्डहरूको प्राथमिक निष्काशन प्रस्ताव पार्इपलार्इनमा रहेको धितोपत्र बोर्डले जानकारी दिएको छ । 

६ अर्ब ३५ करोड रूपैयाँ बराबरको प्राथमिक निष्काशन गर्न बोर्डमा निवेदन दिएका फण्डहरूमा ग्लोबल आईएमई ब्यालेन्स फण्ड–१, सिटिजनस् म्युचुअल फण्ड–२, एनआइसि एशिया ब्यालेन्स फण्ड, एनएमबि–५०, नविल ब्यालेन्स फण्ड–२ र एनआइबिएल सहभागीता फण्ड रहेका छन् । 

एनआइसि एसिया ब्यालेन्स फण्डले सबै भन्दा बढी १ अर्ब २५ करोड रुपैयाँ आकारको फण्ड जारी नियामकसँग अनुमति मागेको छ । १० रूपैयाँका दरले १२ करोड ५० लाख र्इकार्इ प्राथमिक निष्काशन गर्न यो फण्डले अनुमति मागेको हो । 

यसैगरि, ग्लोबल अार्इएमबी ब्यालेन्स र एनएमबी–५० र नविल ब्यालेन्स फण्डले १ अर्ब २० करोड रूपैयाँ बराबरको प्राथमिक निष्काशन गर्दैछन् । सिटिजन्स म्युचुअल फण्ड–२ मा एक अर्ब रुपैयाँ र एनआइबिएल सहभागिता फण्डमा ५० करोड रुपैयाँको प्राथमिक निष्काशन निवेदन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?