१७ मङ्सिर २०७९, शनिवार

उत्तर कोरियालाई ठेगान लगाउन अमेरिका र दक्षिण कोरियाबीच के भयो छलफल ?

२०७४,कार्तिक,३,शुक्रवार ११:१२

0
Shares

सोल, ३ कात्तिक- संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरु दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन् । यी दुई देशका सैनिकले गत सोमबारदेखि राजधानी सोलमा जारी राखेको संयुक्त सैन्य अभ्यासकै क्रममा उनीहरुबीच भेटवार्ता भएको छ । यो भेटवार्तासँगै पछिल्लो समयमा उत्तर कोरियाको आणविक कार्यक्रमका विषयमा अमेरिका र दक्षिण कोरियाले छलफल एवम् अन्य आन्तरिक क्रियाकलापहरु बढाएको चर्चा पनि गरिएको छ । दक्षिण कोरियाको राजधानी सोलमा हाल जारी रहेको सैन्य अभ्यासको उत्तर कोरियाले व्यापक मात्रामा विरोध गरेको थियो । उक्त बिरोधकै बीच अमेरिकी र दक्षिण कोरियाली आणविक अधिकारीहरुको यस भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ । यी दुई देशले गएको सोमबारदेखि उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यसको उत्तरले पनि विशेष मात्रामा निगारी गरिरहेको बताइएको छ । अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाईे सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ । उत्तर कोरियाको आणविक कार्यक्रमका साथै उसले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा उत्पन्न गरेको तनावपछिको अवस्थाको बारेमा ती उच्च अधिकारीहरुबीच वार्ता भएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काबुल । अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् । स्थानीय

भारतको भूपालमा आजकै दिन अर्थात सन् १९८४ को ३ डिसेम्बरमा एउटा ग्यास भट्टीमा ग्यास चुहावट हुँदा कम्तिमा २ हजारको मृत्यु

इन्डोनेसियामा खोकीको सिरप खाएपछि मृत्यु भएका वा घाइते भएका परिवारका एक दर्जन आफन्तले सरकारविरुद्ध मुद्दा दायर गरेका छन् । उत्पादन

बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ । बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना

ताजा समाचार

काठमाडौंमा हस्तकला व्यापार मेला हुने
 २०७९,मङ्सिर,१७,शनिवार ११:५२
मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५