सुनको मूल्य सातामा प्रतितोला चार सयले घट्यो

लोकपथ
26
Shares

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको भाउ उक्त मूल्यले ओरालो लागेको जनाएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३०० रूपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य ९९ हजार ८०० रूपैयाँ कायम थियो । जुन, हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ४०० रूपैयाँ छ ।

यो साता सुनको मूल्य बढेर प्रतितोला १ लाख १ हजार रूपैयाँसम्म पुगेको थियो । साताको बिहीबार एकैदिन तोलामा ८०० रूपैयाँले बढेर उक्त मूल्यमा कारोबार भएको थियो । यसैगरी, यो साता चाँदीको मूल्य तोलामा २० रूपैयाँले घटेको छ ।

गत साताको शुक्रबार तोलामा १३ सय ९० रूपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा २० रूपैयाँले घटेर प्रतितोला १३ सय ७० रूपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?