प्रदेश नम्बर १ का प्रदेशसभाका निर्वाचित सदस्यहरुको विवरण प्रदेशप्रमुख समक्ष पेश

लोकपथ
52
Shares

काठमाडौं । निर्वाचन आयोगले प्रदेश १ प्रमुख परशुराम खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश सभाको अन्तिम निर्वाचन प्रतिवेदन बुझाएका हुन् ।

प्रदेश प्रमुखलाई निर्वाचन परिणाम बुझाइसकेपछि प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सम्बन्धित सरोकारवाला निकायहरुलाई धन्यवाद दिए । उनले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहीत वातावरणमा सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आयोगको तर्फबाट शुभेक्षा प्रकट गरे । उनले प्रदेश १ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ पुरुष ६ र महिला ३१ जना गरी कुल ३७ जना निर्वाचित भएको बताए । प्रदेश १ मा कुल ९३ जना सदस्यहरु रहेका छन् ।

त्यस्तै, प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रदेश सभासँग कानूनबमोजिम अबका काम अघि बढाउने बताए । उनले संविधानले तोकेको मिति र दायराभित्र रहेर प्रदेश सभालाई अघि बढाउने र प्रदेश सरकार गठन गराउने प्रतिवद्धता जनाए ।

गत मंसिर ४ गते भएको प्रदेश सभा निर्वाचनको मत परिणाम आज (शनिवार) एकैसाथ प्रदेश प्रमुखहरुलाई बुझाइएको हो । प्रदेश प्रमुखसमक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेशसभा बैठक बोलाउने तयारीको लागि अब बाटो खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?