कतार विश्वकप : तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्को भिड्दै

लोकपथ
91
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्व २०२२ अन्तर्गत शनिवार बेलुका तेस्रो स्थानका लागि क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा हुँदै छ । खेल कतारको खलिफा अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजे शुरु हुनेछ ।

साविकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० तथा पहिलो पटक सेमिफाइनलमा पुगेको मोरक्को साविकको विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेका थिए ।

अघिल्लो पटकको उपविजेता क्रोएसिया यसपाली तेस्रो बन्दै घर फर्कन चहान्छ भने अन्तिम चारमा स्थान बनाएको मोरक्कोले एक क्रोएसियालाई हराउँदै तेस्रो स्थान काम गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

यि दुई टोलीले यसै विश्वकपको समूह चरणमा प्रतिस्पर्धा गर्दा खेल गोलरहित बराबरीमा सकिएको थियो । क्रोएसियाले ६५ प्रतिशतभन्दा बढी बल पोसेसन राखेपनि मोरक्कोको बलियो रक्षापङ्तिलाई तोड्न सकेको थिएन । यसपटक क्रोएसिया त्यो चुनौती तोड्दै तेस्रो हुन चहान्छ ।

सम्भवत अन्तिम विश्वकप खेलिरहेको लुका मोड्रिच आफ्नो टोलीलाई तेस्रो बनाएर विश्वकपबाट बिदा लिन चहान्छ । क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । त्यसबेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो । यसपटक मोरक्कोलाई हराएर त्यही नतिजा कायम गर्न चहान्छ ।

यता, मोरक्को पनि क्रोएसियालाई हराएर विश्वकपमा ऐतिहासिक तेस्रो पदक लिएर घर फर्कन चहान्छ । मोरक्को तेस्रो नभएपनि इतिहास बनाइसकेको यो टोलीलाई ऐतिहासिक स्वागत हुने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?