व्यवसायीका बैंकिङ र वित्तिय समस्या पहिलो प्राथमिकतामा : अध्यक्ष पराजुली

लोकपथ
14
Shares

काठमाडौं । साना तथा मझौला व्यवसायी महासंघ नेपालको नयाँ नेतृत्वमा पर्यटन व्यवसायी हरिभक्त पराजुली चयन भएका छन् ।

विराटनगरमा शुक्रवार राति भएको महासंघको १९ औँ वार्षिक साधारण सभा एवम् पाचौं राष्ट्रिय महाधिवेशनले पराजुलीलाई निर्बिरोध निर्वाचित गरेको हो ।

निर्वाचित भएपछि अध्यक्ष पराजुलीले संस्थाप्रति आफू सदैव लागिपर्ने बताएका छन् । उनले संस्थालाई अझै माथि लैजान आफूले सकेको साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष पराजुलीले व्यवसायीहरुका बैंकिङ र वित्तिय समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।

महासंघको सहअध्यक्षमा इनु पौडेल, वरिष्ठ उपाध्यक्षमा रामकेशर बिष्ट लगायतका २७ जना पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?