साताको सेयरबजार : पाँच अर्ब १६ करोड बराबरको कारोबार

लोकपथ
26
Shares

काठमाडौं । नेप्से सूचक तथा कारोबार रकम दुबै नै यो साता निराशाजनक देखिएको छ । नियमित कारोबारको लागि सातामा पाँच कार्य दिन नै नेप्से खुल्ला रहेकोमा दोस्रो दिन मात्र नेप्से बढेको थियो । यसबाहेकका बाँकी दिनहरुमा भने नेप्से लगातार ओरालो लागेको थियो ।

यसले गर्दा पनि लगानीकर्ताहरु सेयरबजार प्रति उत्साहित हुन सकेनन् । जसअनुसार नेप्से १८ सय ८२ दशमलव ६० अंकमा पुगेर रोकिएको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६८ दशमलव चार अंकमा अंकमा पुगेर रोकिएको छ ।
यो साता दुुई सय ५४ वटा कम्पनीहरुको एक लाख तीन हजार आठ पटक सेयर कारोबार भएको छ ।

सो अनुसार एक करोड ३९ लाख ६४ हजार एक सय २४ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब १६ करोड ६९ लाख ९७ हजार सात सय ५५ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताकै हाराहारीमा हो । गत साता भने दुुई सय ४६ वटा कम्पनीहरुको ९० हजार सात सय ७७ पटक कारोबार भएको थियो ।

उक्त साता एक करोड ८४ लाख ९५ हजार पाँच सय १४ कित्ता शेयर किनबेच हुँदा पाँच अर्ब ८५ करोड २० लाख ३१ हजार चार सय ७५ रुपैंयाँको सेयर कारोबार भएको थियो । नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये दोस्रो दिन नेप्से बढेपनि पहिलो, तेस्रो, चौंथो र पाँचौं दिन नेप्से घटेको थियो ।

सो अनुसार पहिलो दिन ३१ दशमलव ९७ अंकले घटेर १८ सय ८५ दशमलव ३१ अंकमा खुम्चिएको नेप्से दोस्रो दिन भने १६ दशमलव ९६ अंकले बढेर १९ सय दुई दशमलव २७ अंकमा पुग्न सफल भएको थियो । तेस्रो दिन दुई दशमलव ५७ अंकले घटेर १८ सय ९९ दशमलव ७० अंकमा खुम्चिएको नेप्से चौंथो दिन पुन दुई दशमलव छ अंकले घटेर १८ सय ९७ दशमलव शून्य आठ अंकमा सिमित हुन पुगेको थियो ।

पाँचौं दिन पनि नेप्से पुुन १४ दशमलव ४८ अंंकले घटेर १८ सय ८२ दशमलव ६० अंकमा खुम्चिएको थियो ।  यसैगरी पहिलो दिन छ दशमलव २८ अंकले घटेर तीन सय ६७ दशमलव ३६ खुम्चिएको सेन्सिटिभ इन्डेक्स दोस्रो दिन भने पाँच दशमलव ५७ अंकले बढेर तीन सय ७२ दशमलव ९३ अंकमा चढ्न सफल भएको थियो ।

तेस्रो दिन भने एक दशमलव ६३ अंकले घटेर तीन सय ७१ दशमलव ३० अंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स चौंथो दिन पुन एक दशमलव १ अंकले घटेर तीन सय ७० दशमलव १९ अंकमा खुम्चिएको थियो । पाँचौं दिन पनि सेन्सिटिभ इन्डेक्स दुई दशमलव १५ अंकले घटेर तीन सय ६८ दशमलव शून्य चार अंकमा खुम्चिएको थियो ।

यस्तो रह्यो यो साता दैनिक शेयर कारोवार (संख्या र रुपैयाँमा)

दिन                 कम्पनी संख्या           कारोबार संख्या          कित्ता                    कारोबार रकम

पहिलो दिन             २५३                            २४६४४              ३५१२८३४                 ११०३४०४०४५.०८
दोस्रो दिन               २४५                            २२९९३              ४४७०६२५                १३६६०१०४६४.०२
तेस्रो दिन                २४८                            १६३२०               २०५८५१०                 ७७७०८९१६५.१५
चौंथो दिन               २४६                            १६६७७             २०८७८७६                 ७२७८७७८९३.३६
पाँचौं दिन               २५४                            २२३७४              ४८०४२७९                 ११९२६१६१८७.८२
कुल                                                         १०३००८           १३९६४१२४                 ५१६६९९७७५५.५४
            (श्रोतः नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?