२० मङ्सिर २०८०, बुधबार

उत्तर कोरियालाई ठेगान लगाउन अमेरिका र दक्षिण कोरियाबीच के भयो छलफल ?

२०७४,कार्तिक,३,शुक्रवार ११:१२

0
Shares

सोल, ३ कात्तिक- संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरु दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन् ।यी दुई देशका सैनिकले गत सोमबारदेखि राजधानी सोलमा जारी राखेको संयुक्त सैन्य अभ्यासकै क्रममा उनीहरुबीच भेटवार्ता भएको छ ।यो भेटवार्तासँगै पछिल्लो समयमा उत्तर कोरियाको आणविक कार्यक्रमका विषयमा अमेरिका र दक्षिण कोरियाले छलफल एवम् अन्य आन्तरिक क्रियाकलापहरु बढाएको चर्चा पनि गरिएको छ ।दक्षिण कोरियाको राजधानी सोलमा हाल जारी रहेको सैन्य अभ्यासको उत्तर कोरियाले व्यापक मात्रामा विरोध गरेको थियो । उक्त बिरोधकै बीच अमेरिकी र दक्षिण कोरियाली आणविक अधिकारीहरुको यस भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।यी दुई देशले गएको सोमबारदेखि उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यसको उत्तरले पनि विशेष मात्रामा निगारी गरिरहेको बताइएको छ ।अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाईे सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ ।उत्तर कोरियाको आणविक कार्यक्रमका साथै उसले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा उत्पन्न गरेको तनावपछिको अवस्थाको बारेमा ती उच्च अधिकारीहरुबीच वार्ता भएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मध्य फिलिपिन्सको पहाडमा एउटा यात्रुवाहक बस सडकको मोडबाट चिप्लिएर खस्दा १७ जनाको मृत्यु र ११ जना घाइते भएको

काठमाडौं । रुसले मङ्गलबार ३५ वटा युक्रेनी ड्रोनहरू क्राइमियन प्रायद्वीप र अजोभ सागरमा निष्क्रिय बनाएको जनाएको छ । ‘हवाई ड्रोनहरूद्वारा

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ

काठमाडौं । लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक,

ताजा समाचार