कतार विश्वकपमा अर्जेन्टिनाको पक्षमा मिलिरहेको छ यस्तो संयोग

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको फाइनल खेलका लागि विश्वभर रहेका करोडौं फ्यानहरु आतुर रहेका छन् । डिफेन्डिङ च्याम्पियन फ्रान्स र अर्जेन्टिनाले उपाधिका लागि आइतबार (डिसेम्बर १८) लुसेल रंगशालामा भिड्ने छन् । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले र दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराएको थियो ।

दुवै टोली कतार विश्वकपमा पहिलो पटक फाइनलमा आमनेसामने हुँदैछन् । रुसमा भएको विश्वकप २०१८ मा फ्रान्सले प्रि-क्वार्टरफाइनलमा लियोनल मेस्सीको टोलीलाई ४–३ ले हराएरपछि अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको थियो ।

अर्जेन्टिना तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । अर्जेन्टिनाले सन् १९७८ र १९७८ मा विश्वकप जितेको थियो । त्यस्तै फ्रान्स पनि सन् १९९८ र २०१८ मा च्याम्पियन बनेको थियो ।

अर्जेन्टिनालाई च्याम्पियन बनाउने पक्षमा धेरै संयोग छन् । त्यही संयोगको बारेमा आज हामी बताइरहेका छौं : 

स्पेन जस्तै चमत्कार गर्न सक्छ

अर्जेन्टिनाले कतार विश्वकपमा आफ्नो पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो । पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको भएपनि अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान बनाइसकेको छ ।

World Cup 2010: Spain survive brutal final to become champions | World Cup 2010 | The Guardian

सन् २०१० मा स्पेनलाई पनि त्यस्तै भएको थियो । स्पेन २०१०मा पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–० ले पराजित भएको थियो । त्यसपछि स्पेन खेलमा फर्किएको थियो र उपाधिमा कब्जा गरेको थियो ।

पेनाल्टीसँग सम्बन्धित संयोग

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पोल्याण्डविरुद्धको समूह चरणको तेस्रो खेलमा पेनाल्टी मिस गरे । यसअघि सन् १९७८ र १९८६ मा अर्जेन्टिना च्याम्पियन बनेकाे वर्ष तेस्रो खेलमा खेलाडीले पेनाल्टीमा गोल गर्न सकेका थिएनन् । सन् १९७८ मा हंगेरीविरुद्धको तेस्रो खेलमा अर्जेन्टिनाका मारियो केम्पेसले पेनाल्टी मिस गरेका थिए ।

Lionel Messi Misses Penalty In Crucial 2022 FIFA World Cup Match Against Poland. Watch | Football News

त्यस्तै, सन् १९८६ मा बुल्गेरियाविरुद्धको समूह चरणको तेस्रो खेलमा डिएगो म्याराडोनाले पेनाल्टी मिस गरेका थिए । समूह चरणको तेस्रो खेलमा पेनाल्टी मिस गरेका मेस्सीले यसपटक अर्जेन्टिनालाई उपाधि जिताउछन् कि जिताउदैनन् भने हेर्न बाँकी नै छ ।

मोरक्को, क्यानडा र बेल्जियमको संयोजन

यसपटक मोरक्कन टोली समूह एफमा पहिलो, बेल्जियम तेस्रो र क्यानडा चौथो स्थानमा थिए। १९८६ मा पनि यस्तै भएको थियो । समूह ‘एफ’ मा मोरक्को पहिलो, समूह ‘बी’ मा बेल्जियम तेस्रो र समूह ‘सी’ मा क्यानडा चौथो स्थानमा रहेको थियो । अर्जेन्टिना सन् १९८६ मा च्याम्पियन बनेको थियो । अब यो संयोगको फाइदा अर्जेन्टिनालाई हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ ।

पेरिस सेन्ट जर्मेन

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी हाल क्लब स्तरमा फ्रान्सको पेरिस सेन्ट जर्मेनमा आवद्ध छन्। उनी २०२१ मा पेरिस सेन्ट जर्मेनसँग जोडिएका थिए। सन् २००२ मा विश्वकप जितेका ब्राजिलियन स्टार खेलाडी रोनाल्डिनियो पनि पेरिस सेन्ट जर्मेनका खेलाडी थिए ।

Mbappe set to leave while Messi and Neymar have flopped - what next for PSG and their star-studded front three? | Goal.com

त्यस्तै, २०१८ मा उपाधि जितेका फ्रान्सेली स्टार फुटबलर केलियन एमबाप्पे पनि पेरिस सेन्ट जर्मेनका खेलाडी हुन् । यसमा संयोग के छ भने ब्राजिलियन स्टार रोनाल्डिनियो २००२को विश्वकप खेल्नु अघि पिएसजीमा आवद्ध भएका थिए । त्यस्तै २०१८ मा फ्रान्सले विश्वकप जित्दा पनि फ्रान्सेली स्टार फुटबलर केलियन एमबाप्पेले पिएसजी क्लब जोइन गरेका थिए । अब २०२१ मा क्लबमा आवद्ध भएका मेस्सी २०२२ मा च्याम्पियन बन्न सक्छन् कि सक्दैनन् हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?