२६ श्रावण २०७९, बिहीवार

उत्तर कोरियालाई ठेगान लगाउन अमेरिका र दक्षिण कोरियाबीच के भयो छलफल ?

२०७४,कार्तिक,३,शुक्रवार ११:१२

0
Shares

सोल, ३ कात्तिक- संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका परमाणुसम्बन्धी उच्च अधिकारीहरु दक्षिण कोरियाको सोलमा शुक्रबार भेटवार्ता गरेका छन् ।यी दुई देशका सैनिकले गत सोमबारदेखि राजधानी सोलमा जारी राखेको संयुक्त सैन्य अभ्यासकै क्रममा उनीहरुबीच भेटवार्ता भएको छ ।यो भेटवार्तासँगै पछिल्लो समयमा उत्तर कोरियाको आणविक कार्यक्रमका विषयमा अमेरिका र दक्षिण कोरियाले छलफल एवम् अन्य आन्तरिक क्रियाकलापहरु बढाएको चर्चा पनि गरिएको छ ।दक्षिण कोरियाको राजधानी सोलमा हाल जारी रहेको सैन्य अभ्यासको उत्तर कोरियाले व्यापक मात्रामा विरोध गरेको थियो । उक्त बिरोधकै बीच अमेरिकी र दक्षिण कोरियाली आणविक अधिकारीहरुको यस भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।यी दुई देशले गएको सोमबारदेखि उत्तर र दक्षिण कोरियाको समुद्रको सीमामा पर्नेगरी संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् । यसको उत्तरले पनि विशेष मात्रामा निगारी गरिरहेको बताइएको छ ।अमेरिका र दक्षिण कोरियाको इतिहासमा सबैभन्दा ठूलो यस सैन्य अभ्यासले आफ्नो देशलाईे सैन्य शक्तिको घमण्ड देखाएको आरोप उत्तर कोरियाले लगाएको छ ।उत्तर कोरियाको आणविक कार्यक्रमका साथै उसले पछिल्लो समयमा गरेको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा उत्पन्न गरेको तनावपछिको अवस्थाको बारेमा ती उच्च अधिकारीहरुबीच वार्ता भएको बताइएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित आफ्नै निवासमा रक्षा बन्धन मनाएका छन् । रक्षा बन्धनको अवसरमा मोदीले प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । श्रीलंकाको राज्यसञ्चलित विद्युत निकायले कम खपत गर्ने उपभोक्ताका लागि २६४ प्रतिशतले विद्युत महशुल बढाउने भएको छ । जबकी

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगीमाथि देशद्रोहको मुद्दा लगाइने बताइएको छ । सेनामा विद्रोहलाई उक्साएको आरोपमा उनका सहयोगी शाहबाज

काठमाडौं । अघिल्लो सरकारलाई पतन गर्ने श्रीलंकाका प्रदर्शनकारीले राष्ट्रपतिको कार्यालय नजिकैको मुख्य प्रदर्शन स्थल भत्काएको घोषणा गरेका छन् । विश्वविद्यालयका

ताजा समाचार

एनएसएल असोज चौथो साताबाट
 २०७९,श्रावण,२६,बिहीवार १६:४४
सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
 २०७९,श्रावण,२६,बिहीवार १६:२२