फ्रान्सका यी ७ स्टार खेलाडी जसले चोटका कारण कतार विश्वकप गुमाए

काठमाडौं । २०२२ को विश्वकपको फाइनलमा साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । यी दुवै राष्ट्रले हालसम्म दुई दुई पटक विश्वकपको उपाधि आफ्नो नाममा गरिसकेका छन् । खेलाडीहरुले चोट बोकेका कारण कतार विश्वकपमा फ्रान्सलाई निकै ठूलो झट्का लागेको थियो ।

चार वर्षअघि रसियामा विश्वकप जितेको फ्रान्सलाई पुन विश्वकपको उपाधि चुम्न धेरै स्थापित अन्तर्राष्ट्रिय स्टारहरूको चोटपटकले केही हदसम्म असर गरेको छ ।

चोटका कारण कतार विश्वकप गुमाउने फ्रान्सेली खेलाडी :

पाउल पोग्बा

Paul Pogba

पाउल पोग्बा म्यानचेस्टर युनाइटेड छोडेदेखि चोटले ग्रस्त छन् र युभेन्टसबाट उनले दोस्रो डेब्यू गर्न बाँकी नै छ। २९ वर्षिय खेलाडीले घुँडाको चोटबाट निको भएर कतारी खेलकुदका लागि समयमै फिट हुने आशा गरेका थिए तर उनको चोट निको नभएपछि उनको कतार विश्वकप खेल्ने सपना अधुरै रह्यो ।

करिम बेन्जेमा : 

Karim Benzema, Raphael Varane, Ousmane Dembele

हालैको बालोन डीुओर विजेता करिम बेन्जेमाले कतार विश्वकप गुमाएका छन् । रियल म्याड्रिडका स्टारले रियल म्याड्रिडलाई गत सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि दिलाएका थिए तर विश्वकप नजिकिँदै गर्दा उनलाई फिटनेसको समस्याले सताएको थियो। अन्ततः, जाङको समस्याका कारण उनले विश्वकप गुमाएका हुन् ।

एनुगोलो कान्टे : 

N'Golo Kante

एनुगोलो कान्टे अर्को फ्रान्सेली मिडफिल्डर हुन् जसले कतार विश्वकपमा खेल्न पाएनन् । चेल्सीबाट खेल खेल्दा नै चोट बोकेका कान्टेले विश्वकप नै गुमाए । ह्यामस्ट्रिङको समस्याका कारण शल्यक्रिया गर्नुपर्ने भएकाले उनले क्लको यो सिजनमा पनि राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

प्रेस्नेल किम्पेम्बे : 

Presnel Kimpembe

प्रेस्नेल किम्पेम्बेले पनि चोटका कारण कतार विश्वकप गुमाएका छन् । पेरिस सेन्ट९जर्मेन र फ्रान्स दुवैको लागि निकै महत्त्वपूर्ण खेलाडी किम्पेम्बेलाई चोट निकै भारी परेको छ । उनको टोलीले विश्वकपको फाइनलमा स्थान बनाउदा चोटका कारण उनी भने मैदान बाहिर रहन बाध्य भए ।

माइक मैगनन : 

Mike Maignan

फ्रान्स र एसी मिलानका गोल रक्षक मैगनान चाटका कारण कतार विश्वकपमा बेन्चमा रहन बाध्य भए । यद्यपि उनी अझै फ्रान्सको निर्विवाद शुरुवाती गोलकिपर भने होइनन् । मैगननले सेप्टेम्बरदेखि कुनै खेल खेलेका छैनन्।

क्रिस्टोफर एनकुन्कु : 

TOPSHOT-FBL-WC-2022-FRA-TRAINING

क्रिस्टोफर एनकुन्कु पनि प्रशिक्षणका क्रममा घाइते भएका थिए । लाइपजिगका लागि ५२ खेलमा ४२ गोल गरेपछि नकुन्कुले २०२२ मा आठ अन्तर्राष्ट्रिय क्याप जितेका थिए । तर प्रशिक्षणमा एडुआर्डो क्यामाभिङ्गासँगको टक्करले उनको घुँडामा चोट लागेको थियो ।

लुकास हर्नान्डेज : 

Lucas Hernandez

लुकास हर्नान्डेज पनि कतार विश्वकपबाट बाहिर छन् । प्रशिक्षणमा लुकास हर्नान्डेजले चोट बोकेका थिए ।
फ्रान्सले अष्ट्रेलियामाथि ४-१ को जितको खेलमा उनको क्रुसिएट लिगामेन्टमा चोट लागेको थियो र उनी प्रतियोगिताको बाँकी खेलबाट बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?