वसन्तपुरमा मनाईयो ५ औँ राष्ट्रिय झण्डा दिवस (फोटोफिचर)

लोकपथ
416
Shares

काठमाडौं । काठमाडौंको वसन्तपुरमा राष्ट्रिय झण्डा दिवस मनाईएको छ । आज ५ औँ राष्ट्रिय झण्डा दिवसको अवसर पारेर राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा दिवस मनाईएको हो ।

काठमाडौंको माइतीघरदेखि वसन्तपुरसम्म र्‍यालीसहित दिवस मनाइएको हो । सन् १९६२ डिसेम्बर १६ मा संयुक्त राष्ट्र संघमा नेपालको झण्डा दर्ता भएको दिन पारेर २०७५ सालदेखि यो दिवस मनाउँदै आइएको छ। यो दिवसलाई सरकारले राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने प्रतिष्ठानको माग छ।

फोटोफिचर :-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?