१३ मङ्सिर २०८०, बुधबार

प्रधानमन्त्रीले वाम गठबन्धनलाई लगाए गम्भीर आरोप

२०७४,कार्तिक,३,शुक्रवार ११:०१

0
Shares

भक्तपुर, ३ कात्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनुभएको छ ।नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रमलाई सम्बोद्धन गर्दै उहाँले भन्नुभयो – “लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको छ । ”काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले “लोकतन्त्र, प्रजातन्त्र र जनताको अधिकारलाई कुनै पनि हालतमा अक्षुण्ण राख्न जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्”, भन्दै “लोकतन्त्रको खतरा टार्न आसन्न निर्वाचनमा काँग्रेसको विजयी जरुरी छ,” बताउनुभयो ।वाम गठबन्धनले प्रजातन्त्र खतरामा परेको उल्लेख गर्दै उहाँले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गर्नुभयो ।प्रधानमन्त्री देउवाले कम्युनिस्ट अधिनायकवाद ल्याएर जनतामा डर, त्रासको शासन गर्न खोजेको बताउँदै “कम्युनिस्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन्,” भन्नुभयो ।राष्ट्रवादको कुरा गर्ने कम्युनिस्टहरु कुनै हालतमा राष्ट्रवादी हुनै नसक्ने भन्दै उहाँले प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली काँग्रेस एकढिक्का भएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो बताउनुभयो ।प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले आन्तरिक मतभेदलाई अन्त्य गर्दै एकढिक्का भएर बढे काँग्रेसलाई कसैले परास्त गर्न नसक्ने बताउँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराएर पूर्णरुपमा संविधान कार्यान्वयन गराई स्थायीरुपमा लोकतन्त्रलाई अगाडि बढाउनेतर्फ सरकार लागेको छ भन्नुभयो ।काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वाम गठबन्धनबाट नेपाली काँग्रेस आत्तिएको छैन भन्दै राणा, पञ्चायत, एमाले र माओवादीसँग लड्दै आएको काँग्रेस अझै लड्न तयार भएको बताउनुभयो ।सो अवसरमा प्रधानमन्त्री देउवाले ‘जय नेपाल भक्तपुर’ नामक स्मारिकाको विमोचन पनि गर्नुभयो ।काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव उद्धव सिलवाल, काँग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति नारायण खायमली, क्षेत्र नं २ का सभापति जीवन खत्रीलगायतले आसन्न निर्वाचनमा काँग्रेस मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ११:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गत वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अप्रत्याशित मत परिणाम हासिल गर्दै संसद छिर्यो । संसदकै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको छ । तीन दिनसम्म महोत्तरीको

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार भेटवार्ता गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदमा प्रतिनिधित्व गर्ने सबै सांसद र सात वटै प्रदेशका सभापतिहरुलाई केन्द्रीय सदस्यमा मनोनित

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८