इटहरी इन्टरनेसनल कलेजमा सम्पन्न भयो दीक्षान्त समारोह

लोकपथ
65
Shares

काठमाडौं । इटहरीस्थित इटहरी इन्टरनेसनल कलेजबाट सन् २०२२ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा स्नातक तह अन्तर्गत विशेषज्ञताहरू बिएससि (अर्नस) कम्पुटिब र बिए (अनर्स) बिजनेश प्रशासनका २ सय २७ जना विद्यार्थी सहभागी भएका थिए ।

कलेजले आज बिहिवारका दिन दिक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उपस्थिति रहेको थियो । समारोहमा बिए (अनर्स) बिजनेश प्रशासनका विषयमा स्नातक तह गर्ने १३ जना र बिएससि (अर्नस) कम्पुटिब तह पूरा गर्ने २ सय १४ जना विद्यार्थी गरी जम्मा २ सय २७ विद्यार्थी दिक्षित भएका थिए ।

दीक्षान्त समारोह सबै विद्यार्थीका लागि माइलस्टोन साबित भएको छ । वार्षिक कार्यक्रम अनुसार दीक्षान्त समारोहमा आयोजना गरेको कलेजले जनाएको छ । सो कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई इनोभेट नेपाल ग्रुपलेछात्रवृति उपलब्ध गराएको छ । ।

बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्वारा सञ्चालित छ । दिक्षान्त समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा। वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै उनले भने ‘तपाँइहरुले जस्तो सोच राख्नु हुन्छ, आउने दिनहरु त्यस्तै पाउनुहुनेछ ।’

यसलाइ निरन्तर दिदैँ भने, ‘ज्ञानले जीवनमा ठूलो प्रभाब पार्छ त्यसै गरी सकारात्मक सोचले हाम्रो जिवनमा राम्रो परिवर्तन ल्याउछ ।’ दिक्षान्त समारोहमा बोल्दै आइएनजीका संस्थापक अध्यक्ष शुलभ बुढाथोकी भन्छन् ‘आजको युगमा बैदेशिक शिक्षा लोकप्रिय बन्दै गएको छ, त्यसैले हजुरहरु बिदेशिए पनि आफ्नो शिक्षा पुरा गरेर आफ्नै देश फर्किनुहोस् र देशको विकासमा योगदान पुर्‍याउनुहोस् ।’ यसका साथै, उनले दिक्षित विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना पनि समारोहमा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?