सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा हरेक दुई टिकटको खरिदमा एक निःशुल्क

लोकपथ
65
Shares

काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहकलागि सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी सनराइज बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ ।

पुस १ २०७९ देखि तीन महिनासम्म सञ्चालन गरिने यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस योजनामा समावेश हुनको लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

सनराइज बैंकले केहि वर्ष अगाडि पनि ‘क्यूएफएक्स सिनेमाज’ को २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिँदै आएको छ । यस अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अभैm बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।

डेबिट तथा क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरु, होटल, अस्पताल लगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छुट योजना, क्यास ब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ । यस किसिमका योजनाहरुले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई लाभान्वित बनाउने आशा बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?