१ आश्विन २०७८, शुक्रवार

प्रधानमन्त्रीले वाम गठबन्धनलाई लगाए गम्भीर आरोप

२०७४,कार्तिक,३,शुक्रवार ११:०१


भक्तपुर, ३ कात्तिक – प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताउनुभएको छ ।नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रमलाई सम्बोद्धन गर्दै उहाँले भन्नुभयो – “लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको छ । ”काँग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले “लोकतन्त्र, प्रजातन्त्र र जनताको अधिकारलाई कुनै पनि हालतमा अक्षुण्ण राख्न जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्”, भन्दै “लोकतन्त्रको खतरा टार्न आसन्न निर्वाचनमा काँग्रेसको विजयी जरुरी छ,” बताउनुभयो ।वाम गठबन्धनले प्रजातन्त्र खतरामा परेको उल्लेख गर्दै उहाँले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गर्नुभयो ।प्रधानमन्त्री देउवाले कम्युनिस्ट अधिनायकवाद ल्याएर जनतामा डर, त्रासको शासन गर्न खोजेको बताउँदै “कम्युनिस्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन्,” भन्नुभयो ।राष्ट्रवादको कुरा गर्ने कम्युनिस्टहरु कुनै हालतमा राष्ट्रवादी हुनै नसक्ने भन्दै उहाँले प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली काँग्रेस एकढिक्का भएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो बताउनुभयो ।प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले आन्तरिक मतभेदलाई अन्त्य गर्दै एकढिक्का भएर बढे काँग्रेसलाई कसैले परास्त गर्न नसक्ने बताउँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराएर पूर्णरुपमा संविधान कार्यान्वयन गराई स्थायीरुपमा लोकतन्त्रलाई अगाडि बढाउनेतर्फ सरकार लागेको छ भन्नुभयो ।काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले वाम गठबन्धनबाट नेपाली काँग्रेस आत्तिएको छैन भन्दै राणा, पञ्चायत, एमाले र माओवादीसँग लड्दै आएको काँग्रेस अझै लड्न तयार भएको बताउनुभयो ।सो अवसरमा प्रधानमन्त्री देउवाले ‘जय नेपाल भक्तपुर’ नामक स्मारिकाको विमोचन पनि गर्नुभयो ।काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सचिव उद्धव सिलवाल, काँग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति नारायण खायमली, क्षेत्र नं २ का सभापति जीवन खत्रीलगायतले आसन्न निर्वाचनमा काँग्रेस मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ११:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवालीले आफूहरुको सहयोगबिना संसदबाट एमसीसी पास गर्न चुनौती दिएका छन् ।

कैलाली । कैलालीको गौरीगंगा नगरपालिकामा सोमबारदेखि लगाइएको तालाबन्दी पाचौँ दिन कार्यपालिका सदस्यहरुको अपिलमा खुलेको छ । गठबन्धनका दलहरुले नगरपालिकामा देखिएका

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता शनिबार दिउँसोसम्म टुङ्ग्याउने सहमति भएको छ । शुक्रबार भएको शीर्ष नेताहरुको बैठकले

सुदूरपश्चिम ।  सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन्। नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा

ताजा समाचार

अमेरिकाद्वारा नेपाल ६ विकेटले पराजित
 २०७८,आश्विन,१,शुक्रवार २२:४२
‘एनआरएनए निर्वाचन विवादरहित बनाउँछौँ’
 २०७८,आश्विन,१,शुक्रवार २१:१८