राष्ट्र बैंकद्वारा २० अर्ब रुपैयाँ बराबरको रिपो जारी

लोकपथ
52
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवार २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ । रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुले आज बिहिवार दुई बजेसम्म बोलकवोल पेस गर्नुपर्ने समय तोकिएको थियो ।

सोही अनुसार बैंक तथा फार्ईनान्स कम्पनीहरुमा उक्त परिमाणमा रिपो जारी गरिएको राष्ट्र बैंकको भनाइ छ । रिपोको परिपक्व हुने अवधि १४ दिन अर्थात यही पुस १४ गतेसम्म तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?