‘मिस लिटिल नेवाः ११३८’ प्रतियोगीको लाख बत्ति

काठमाडौं । नेप्लिज फेशन होमको आयोजना रहेको १२ औँ संस्करणको ‘मिस लिटिल नेवाः ११३८’ का प्रतियोगीहरुले आज शनिवार लाख बत्ति बालेका छन् ।

प्रतियोगिहरुले राजधानी असनको अन्नपूर्ण मन्दिरमा सामूहिक रुपमा लाख बत्ति बालेका हुन् ।

मिस लिटिल नेवाः नेप्लिज फेशन होमले विगत १३ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । ९ वर्षदेखि १४ वर्ष उमेर समुहका नेवार समुदायका बालिकाहरूले सहभागिता जनाएका छन् । प्रतियोगितामा यो वर्ष २० जनाबालिकाहरुले सहभागिता रहेको छ । 

नेवार युवतीहरुको व्यक्तिव विकास र नेवार संस्कारको महत्व बुझाउन यो प्रतियोगिता गरेको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जनाएकी छिन् । 

छनोट भएका प्रतिस्पधीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा प्रशिक्षण दिइरहेको छ । 

मिस नेवाः सुनिता डंगोलले नेपाल भाषाबारे जानकारी दिने छिन् । त्यस्तै आयोजक संस्थाकी प्रमुख मानन्धरले सहभागीहरूलाई आत्मविश्वास विकासको प्रशिक्षण दिने छिन्, भने प्रजिता श्रेष्ठ र सेलिना श्रेष्ठ पनि प्रशिक्षकका रुपमा रहेका छन् । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?