ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई चौतारीको सम्मान

लोकपथ
28
Shares

ललितपुर । प्रेस चौतारी नेपालले ललितपुरमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ । बिहीबार बिहान ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान गरेका हुन् ।

ललितपुरबाट एमालेका प्रेम महर्जन, मधुसुदन पौडेल, रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, रघुवीर महर्जन तथा अप्सरा चापागाई सांसद छन् । प्रेम महर्जन ललितपुर २ बाट संघीय सांसद हुन् भने पौडेल, श्रेष्ठ, प्रेमभक्त र रघुवीर महर्जन तथा चापागाई प्रदेश सभा सदस्य हुन् ।

चौतारीका अध्यक्ष बस्नेतले आगामी कार्यकाल सफलताका लागि सबै जनप्रतिनिधिलाई शुभकामना दिएका थिए । कार्यक्रममा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले एमाले निकट पत्रकारलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?