प्रमुख प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

लोकपथ
39
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

गत साउन अन्तिम सातामा भारतीय पूर्व क्रिकेटर प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको थियो । पछिल्लो समय क्यानका पदाधिकारीसँग पनि प्रभाकरको सम्वन्ध बिग्रिएको थियो । खेलाडीसँग बिग्रिँदो सम्बन्ध र प्रशिक्षण शैलीका कारण पछिल्लोसमय क्यान प्रभाकरसँगको सम्झौता टुंग्याउने पक्षमा पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?