श्रीमतीको कुटपिटबाट श्रीमानको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । श्रीमतीको कुटपिटबाट तनहुँमा एक श्रीमानको ज्यान गएको छ । घरायसी कुरामा विवाद हुदाँ मादप पदार्थ सेवन गरेकी श्रीमतीले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गरि गम्भीर घाइते बनाएकोमा घाइते श्रीमानको बुधवार (हिजो) बेलुका उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गए राति करिब साढे ९ बजेको समयमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० सिसुवा स्थायी घर भई हाल जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ प्रगती टोल स्थितमा डेरा गरी बस्ने बर्ष ४० को मन बहादुर नेपालीलाई उनकै श्रीमती ३६ वर्षीय शुशिला बि।क।ले मादक पदार्थ सेवन गरी ढुङ्गाले श्रीमानको टाउको समेतको भागमा प्रहार गरी गम्भिर घाइते बनाएकी थिईन् ।

घाइते मन बहादुरलाई उपचारका लागि जि।पि। कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएपनि उनको गएराति ११ बजे उपचारका क्रममा नै ज्यान गएको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

खड्काले दिएको जानकारी अनुसार हाल मृतककी श्रीमती शुशिला बि।क।लाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?