ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूद्वारा मर्जर सम्बन्धी अन्तिम स्वीकृतिका लागि निवेदन पेश

लोकपथ
26
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डूले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष बुधवार (हिजो) संयुक्त निवेदन पेश गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई संयुक्त निवेदन पेश गरेका हुन ।

उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । यसअघि ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कार्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो ।

मर्जरको निम्ति शेयर स्वाप अनुपात एक बराबर एकको कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । उक्त अनुमोदनलाई दुबै बैंकले मसिंर २३ गतेको साधारण सभाबाट समेत पारित गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?