बिमालेख धितोमा नेपाल लाइफले दियो सबैभन्दा धेरै ऋण

काठमाडाैं : नेपाल लार्इफ र्इन्स्योरेन्सले चालु अार्थिक बर्षको पहिलो त्रैमासभित्र बीमालेख धितोमा अन्य कम्पनीहरूले भन्दा धेरै ऋण प्रवाह गरेको छ । 

साउनदेखि असोजसम्म विभिन्न बीमा कम्पनीहरूले बीमालेख धितोमा कूल २३ अर्ब ९८ करोड रूपैयाँ कर्जा परिचालन गरेकोमा नेपाल लार्इफ एक्लैले ९ अर्ब ४६ करोड रूपैयाँ ऋण प्रवाह गरि २५ करोड ३७ लाख रूपैयाँ ब्याज अार्जन गरेको छ । 

गत बर्षदेखि सञ्चालनमा अाएका ४ वटा र पुराना ९ वटा कम्पनीहरूमध्ये पहिलो त्रैमासमा बीमालेख धितोमा नेपाल लार्इफले सबैभन्दा धेरै ऋण प्रवाह गरेको हो । नेपाल लार्इफपछि एनअार्इसी नेपालले ७ अर्ब ३३ करोड रूपैयाँ ऋण लगानीमार्फत १९ करोड ३८ लाख रूपैयाँ ब्याज कमाएको छ ।

यस्तै, नेशनल लार्इफले २ अर्ब ७८ करोड रूपैयाँ र राष्ट्रिय बीमा संस्थानले १ अर्ब ३२ करोड रूपैयाँ लगानी गरेका छन् । अन्य बीमा कम्पनीहरूले भने बीमालेख धितोमा १ अर्ब रूपैयाँभन्दा बढी ऋण प्रवाह गरेको देखिएको छैन । 

विभिन्न कम्पनीमा बिमा गर्ने बीमितले २ बर्षसम्मको बीमा शुल्क तिरेपछि बीमालेख धितोमा ऋण दिने गर्छन् । बीमितले तिरेको बीमा शुल्कको ९०% सम्म ऋण दिन प्रवाह गर्ने बीमा कम्पनीले शुल्कका अाधारमा पनि बीमितलार्इ ऋण दिने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?