मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश

लोकपथ
65
Shares

काठमाडौं । फ्रान्स कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ । नेपाली समय अनुसार बिहीवार बिहान पौने १ बजे कतारको अल बायत स्टेडियममा भएको खेलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको हो ।

आज भएको दोस्रो सेमिफाइनल खेलमा जित हात पारेसँगै फ्रान्सले फाइनलमा पहिलो सेमिफाइनलबाट यस अघि नै फाइनलमा पुगेको अर्जेन्टिनासँगको भेट पक्का गरेको छ । यस्तै, आज पराजय भोगेको मोरक्कोले तेस्रो स्थानका लागि क्रोएसियाको सामना गर्नुपर्ने छ ।

क्रोएसियाअर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो । यता, फ्रान्सको जितमा खेलको पहिलो हाफको शुरुवाती ५ औँ मिनेटमा थियो हर्नान्डेजले गोल गरे भने
खेलको दोस्रो हाफमा फ्रान्सका रान्डल कोलो मुआनीले थप १ गोल थपे ।

उता, गोल गर्ने मौका पाएको मोरक्को भने पटक पटक चुक्दा २–० को हार बेर्होनुपर्यो । साथै, पहिलो पटक सेमिफाइनल पुगेको मोरक्कोको विश्वकपको उपाधी चुम्ने सपना चकनाचुर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?