पहिलो हाफमा फ्रान्सलाई अग्रता

लोकपथ
260
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा साविकको विजेता फ्रान्स र पहिलो पटक सेमिफाइनलमा आएको मोरक्को बीच प्रतिस्पर्धा हुँदै छ ।

कतारको अल बायत स्टेडियममा नेपाली समय अनुसार राति पौने १ बजेबाट शुरु भएको खेलमा फ्रान्सले मोरक्कोविरुद्ध १–० को अग्रता कायम गरेको छ । कतार विश्वकपको फाइनलमा पुग्दै उपाधी चुम्ने लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रिएका छन् ।

खेलको पहिलो हाफ सकिँदा फ्रान्सले शुरुवाती अग्रता कायम गरेको छ । फ्रान्सका लागि खेलको ५ औँ मिनेटमा थियो हर्नान्डेजले शुरुवाती गोल गरे । उता मोरक्कोका तर्फबाट भने पहिलो हाफमा कुनै गोल हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?