होन्डाको ‘लक्की ड्र’ मार्फत चन्द्रले जिते १५ लाख

लोकपथ
91
Shares

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दसैँ तथा तिहारको अवसरमा ल्याएको “होण्डाको दसैँको शुभ लाभ” को विजेताहरु घोषणा गरेको छ ।

जसअनुसार ग्राहकहरूले ७ प्रदेशबाट एक एक जना गरी ७ जनाले ७ लाख रुपैयाँ र बम्परमा लक्की ड्र मार्फत एक जनाले १५ लाख नगद उपहार प्राप्त गरेका छन् ।

जसअनुसार प्रदेश १ बाट दुर्गा देबी सापकोटा, मधेस प्रदेशबाट अमित कुमार शाह, बागमती प्रदेशबाट मनिशा बज्राचार्य, गण्कडीबाट कृष्ण कुमार आले, लुम्बिनीबाट बिष्णु पोखरेल, कर्णालीबाट सुनिता खत्री र सुदूरपश्चिमबाट लक्ष्मण भट्टले समान १ लाख नगद उपहार प्राप्त गरेका छन् ।

त्यसैगरी चन्द्र बहादुर थापाले लक्की ड्रमार्फत बम्पर उपहारमा १५ लाख रुपैँया प्राप्त गरेको कम्पनीले जनाएको छ । साथै, फाइनान्समा खरिद गरेका ग्राहकहरूलाई पनि बम्पर लक्की ड्रमा सामेल गरिएको थियो ।

ग्राहकहरुले स्क्रायाच कुपन मार्फत ७ लाख सम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरुका साथै इजी फाइनान्सको पनि सुविधा प्राप्त गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?