नेपाली कम्युनिस्ट आन्दोलन पुर्नगठन नगरे अर्को चुनावसम्म अस्तित्व समाप्त

लोकपथ
14
Shares

काठमाडौं । एक कार्यक्रमका वक्ताहरुले नेपाली कम्युनिस्ट आन्दोलन पुर्नगठन आवश्कता रहेको बताएका छन् । उनीहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राखेका छन् ।

संवाद डबलीमा बुधवार आयोजित ‘कम्युनिस्ट पार्टीहरुको पुर्नगठनको आवश्यकता र औचित्य’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिस्ट संकटतर्फ उन्मुक भएको बताउँदै पुर्नठन आवश्यकता रहेको बताए ।

उनले नेपाल र नेपाली जनताको मुक्ति चाहने क्रान्तिकारी कम्युनिस्टहरू, सच्चा लोकतन्त्रवादीहरू, राष्ट्रवादीहरू, प्रगतिशील तप्काहरू एकजुट हुनुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै बुढाथोकीले विचार मिल्नेहरुबीच एकता र नभए न्यूनतम कार्यक्रममा सहकार्य गर्न सक्नेहरुबीच सहकार्यको आवश्यकता रहेको बताए ।

उनले आफूहरु पुर्नगठनको अभियान सुरु गरेको बताए । कम्युनिस्ट पार्टीहरु पुर्नगठन नभए अर्को चुनावसम्म पत्तासाप हुने बताए । नेकप (समाजवादी) का अध्यक्ष राजु कार्कीले श्रमजीवी जनता र राष्ट्रियताको रक्षाको लागि नेपाली कम्युनिस्ट आन्दोलनको पुर्नगठनको आवश्यकता बढ्दै गएको बताए ।

उनले नेपालमा भएको पटकपटकका आन्दोलन तथा क्रान्तिमा नेताहरुले धोका दिएका कारण आफूहरुले नयाँ अभियान थालेको बताए । ठूला भनिएका कम्युनिस्ट पार्टीहरु सत्ताको भागबण्डा नमिल्दा एक हुन नसकेको समेत बताए ।

त्यसैगरी कार्यक्रममा नेकपा परिवर्तनका अध्यक्ष जोगमान लामाले क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर भएको कारण प्रतिक्रियावादी तथा यथास्थितिवादी शक्तिहरु बलियो बन्दै गएको बताए । कम्युनिस्ट पार्टीप्रति जनताको अपेक्षा र भरोसा बढी भएको तर नेताहरुले धाका दिएकाले विश्वास घट्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?