प्रभु लाइफ इन्स्योरेन्स छैटौं वर्षमा प्रवेश

लोकपथ
42
Shares

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड छैटौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमको आयोजनाका साथ छैटौं वार्षिकोत्सव सम्पन्न गरेको छ । यसै उत्सव पारेर कम्पनीले वार्षिक रुपमा सञ्चालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष पनि निम्न आयस्तर भएका अभिभावकका बालबालिकाहरुको उज्वल भविष्य (शिक्षा) का लागि यथासक्य योगदान गर्ने कार्यक्रममा सहयोग गरेको छ । उल्लेखित उद्देश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८४ विद्यालय सञ्चालन गरिरहेको गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई पाँच लाख रकम सहयोग प्रदान गरेको छ ।

समता शैक्षिक गुठी अन्तर्गतको समता विद्यालय, जोरपाटीमा बुधवार कार्यक्रमबीच उक्त गुठीका कार्यकारी निर्देशक दिपक सञ्जेल, विद्यालयका प्राचार्य अजय अधिकारी (सुशील), शिक्षक शिक्षिका, विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले सहयोग रकम हस्तान्तरण गरेका हुन । कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछाने लगायत उच्च व्यवस्थापकहरुको उपस्थिति रहेको थियो ।

गत वर्ष पनि कम्पनीले यसै गैर नाफामुलक गरैसरकारी संस्था समता शैक्षिक गुठीलार्ई पाँच लाख रकम सहयोग प्रदान गरेको थियो । यस गुठीले सञ्चालन गरेको शैक्षिक संस्थाहरुमा न्यूनतम रकम (मासिक १ सय) मै गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको र सो संस्थालाई आर्थिक अभाव रहेको आसयपत्रका आधारमा प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक सहयोगलाई निरन्तरता दिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए । न्यून आय भएका अभिभावकका बालबालिकालाई अति न्यून रकममा गुणस्तरिय शिक्षा प्रदान गर्न समता शैक्षिक गुठीले गरेको कार्यलाई सबै क्षेत्रबाट साथ सहयोगको आवश्यकता रहेको गुठी संचालक सदस्य दिपक सञ्जेलले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?