पुनः मतगणनाको माग गर्दै कांग्रेसका महेन्द्र यादवद्वारा सर्वोच्चमा रिट

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । धनुषा–४ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका उनले सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट दर्ता गराएका छन् । नेकपा एमालेका रघुवीर महासेठसँग यादव १ सय २४ मतान्तरले पराजित भएका थिए ।

रघुवीर महासेठले ३२ हजार २ सय ३६ मत ल्याएर निर्वाचित हुँदा महेन्द्र यादवले ३२ हजार १ सय १२ मत ल्याएका थिए । तर, निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणाममा असहमति जनाउँदै महेन्द्रले बुधबार सर्वोच्च अदालतमा रिट दिएका हुन् । उनले दोहो¥याएर मत गणना गर्न माग गरेका हुन् ।

रिटमा निर्वाचन आयोग , मुख्य निर्वाचन अधिकृतको कार्यालय धनुषा, जिल्ला निर्वाचन कार्यालय धनुषा, प्रमुख जिल्ला अधिकारी र एमाले उम्मेदवार महासेठलाई विपक्षी बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?