यस्तो छ सलोन र सारा अभिनित ‘सुश्री सम्पत्ति’ को ट्रेलर (भिडियो)

काठमाडौं । चलचित्र ‘सुश्री सम्पत्ति’ को ट्रेलर सार्वजनिक गरिएको छ । तीन मिनेट नौ सेकेन्ड लामो ट्रेलर डार्क कमेडी शैलीको छ । फिल्ममा सलोन बस्नेत, विनोद न्यौपाने र सारा श्रीपालीको मुख्य भूमिका देख्न सकिन्छ ।

सुव्रतराज आचार्यले निर्देशन गरेको यो फिल्ममा सलोन, सारा र विनोदका अलावा प्रमोद अग्रहरी, राजाराम पौडेल, लयनन्द लामा, विशारद बस्नेत, सुनिता श्रेष्ठ, रोश्नी कार्की लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रमा अभिमन्यु निरवी र निर्देशक आचार्यका संवाद छन् । यस्तै फिल्मको स्किृप्ट अभिमन्यु निरवी र जय शर्माले मिलेर लेखेका हुन् ।

विज्ञान राई, नुनम सुब्बा, रोमन शिलाकारको संयुक्त लगानी रहेको यो फिल्ममा भरत रेग्मीको सम्पादन, कविराज गहतराज र गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।

फिल्म यही मंसिर २८ गतेबाट नेपालभर प्रदर्शन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?