नेपाल एसबीआई बैंकको अध्यक्षमा जयती बन्सल चयन

लोकपथ
21
Shares

काठमाडौं । नेपाल एसबिआई बैंक सञ्चालक समितिको अध्यक्षमा जयती बन्सल चयन भएकी छन् । स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएकी उनी अध्यक्षमा चयन भएकी हुन् ।

जयतीले एसबीआईको मुम्बईस्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धक पदमा कार्यरत रही एसबीआईको विदेशी रणनीति, व्यवसाय प्रवर्धन, सञ्चालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवम् संयुक्त लगानीका बैंकहरुको सञ्चालन लगायतका मामिला हेर्दै आएकी छन् ।

उनलाई एसबीआई बैंकको अध्यक्ष बनेसँगै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?