प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.६ प्रतिशत मत बदर

लोकपथ
39
Shares

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.६ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले बुधबार सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा १ करोड १० लाख ४७ हजार ३४ (६१ दशमलव ४१ प्रतिशत) मतदान भएको थियो ।

जसमध्ये १ करोड ४ लाख ७ हजार ९५ मत सदर भएको थियो भने ५ दशमलव शून्य ६ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ । सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड ११ लाख २६ हजार २ सय २६ (६१ दशमलव ८५ प्रतिशत) मतदान भएकोमा १ करोड ५ लाख ६० हजार ८२ मत सदर भई ५ दशमलव शून्य ९ प्रतिशत मत बदर भएको आयोगले जनाएको छ ।

प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि १ करोड १० लाख ३४ हजार ५ सय (६१ दशमलव ३६ प्रतिशत) मतदान भएको थियो । जसमध्ये १ करोड ५ लाख ५ हजार ३ सय मत सदर भएको आयोगले जनाएको छ । जसमा ४ दशमलव शून्य ७ प्रतिशत मत बदर भएको आयोगको भनाइ छ ।

सोही सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १० लाख २ हजार ३ सय ७६ (६१ दशमलव ३१ प्रतिशत) मतदान भएकोमा १ करोड ३ लाख ६ हजार ११ मत सदर भई ६ दशमलव ५५ प्रतिशत मत बदर भएको पनि आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?