१३ मङ्सिर २०७९, मंगलवार

उम्मेदवार टुंगो लगाउन के गर्दैछन् दलहरु ?

२०७४,कार्तिक,३,शुक्रवार १०:५५

0
Shares

भीष्मराज ओझाकाठमाडौँ- आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय नजिकिएसँगै राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने चटारोमा छन् ।आगामी मंसिर १० गते हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत पहिलो चरणको निर्वाचनका लागि दलहरुले आजै उम्मेदवार चयन गरिसक्ने गरी गृहकार्यमा जुटेको जनाएका छन् ।आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ ।पहिलो चरणमा सम्पन्न हुने निर्वाचनका लागि आयोगले यही कात्तिक ५ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरिसकेको छ । दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति कात्तिक १६ गते रहेको छ ।नेपाली काँग्रेसले आजै उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । केही दिनदेखि निरन्तर बस्दै आएको काँग्रेस केन्द्रीय संसदीय समितिको बैठकले सबै उम्मेदवारको नाम टुंगो लगाउने नेता एनपी साउदले जानकारी दिए । काँग्रेसले यसअघि केही जिल्लाका उम्मेदवारको नाम टुंगो लगाई सार्वजनिकसमेत गरिसकेको छ ।भोलि कात्तिक ४ गते भाइटीका भएकाले दलहरु आजै उम्मेदवार टुंगो लगाउने गरी कसरतमा जुटेका हुन् । मुलुकमा यतिखेर प्रमुख सत्तारुढ दल काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धन र प्रमुख विपक्षी दल नेकपा (एमाले)को नेतृत्वमा वाम गठबन्धन बनाउने कसरतमा अन्य दलसहित गृहकार्य र बहस शुरु भएको छ । यसपटक दलहरुबीच भएका चुनावी गठबन्धनका कारण अन्य दललाई पनि मिलाउनुपर्ने भएकाले उम्मेदवार चयन गर्न सकस भएको हो ।एमालेले पनि शीघ्र उम्मेदवार टुंगो लगाउने जनाएको छ । उम्मेदवारको टुंगो लगाउने गरी सो पार्टीको नेतृत्वमा गठन भएको वाम गठबन्धनअन्तर्गत एमाले र नेकपा (माओवादी केन्द्र) को संयुक्त कार्यदलको बैठक जारी रहेको र सम्भवतः आजै उम्मेदवार टुंगो लगाउने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन हुनेछ । त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ ।त्यसैगरी संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) लगायत दल पनि उम्मेदवार चयन गर्न व्यस्त छन् । प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने दलहरुले यसअघि असोज २७ गते नै आ–आफ्नो पार्टीको बन्दसूचीको नामावली आयोगमा बुझाइसकेका छन् ।निर्वाचनको तयारीका लागि आयोगले उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेलगायतका आवश्यक व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए । आयोगले समानुपातिक निर्वाचनका लागि आजसम्म एक करोड मतपत्र छापिसकेको जनाएको छ । साथै अन्य निर्वाचन सामग्री सम्बन्धित क्षेत्रमा पु¥याउने, निर्वाचन सचेतना कार्यक्रम जनस्तरसम्म लैजाने, निर्वाचन अधिकृत नियुक्त गर्नेलगायत सम्पूर्ण तयारी भएको आयोगले जनाएको छ ।संविधानको नयाँ संघीय संरचनाअनुसार सात प्रदेशका ७७ जिल्लाका कूल ७५३ वटा स्थानीय तहको निर्वाचन यसअघि सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार १०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रदेश सभा निर्वाचनको मत परिणाम आएसँगै सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीहरुले लबिङ तीव्र बनाउन थालेका छन् । मुख्यमन्त्री बन्ने

काठमाडौं । पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका २ नयाँ पार्टीले पहिलै पटक राष्ट्रिय पार्टीको मान्यता कायम बनाउन सफल बनेका

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय

काठमाडौं । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगकाअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी,

ताजा समाचार

सुपार मादी हाइड्रोपावरको आइपीओ आउँदै
 २०७९,मङ्सिर,१३,मंगलवार १३:५८
तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ
 २०७९,मङ्सिर,१३,मंगलवार १३:५४
सुदूरपश्चिममा डेंगु सङ्क्रमण घट्दो
 २०७९,मङ्सिर,१३,मंगलवार १३:२७
प्रदेशसभाको समानुपातिकमा पनि एमाले अगाडि
 २०७९,मङ्सिर,१३,मंगलवार १२:५०