काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद अर्जुननरसिंह केसी र पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटघाट भएको छ ।
पूर्वमन्त्री समेत रहेका नेता केसी र भट्टराईबीच भट्टराई निवास टोखामा भेटघाट भएको हो ।
करिब साढे १ घण्टाको भेटघाटमा विविध राजनीतिक विषयमा छलफल भएको केसीको सचिवालयले जनाएको छ ।
भेटघाटमा गठबन्धन दल, निर्वाचन परिणाम र संसदको अंकगणितिय उपस्थितिको समिक्षा भएको छ । त्यस्तै नयाँ सरकार गठनका लागि सहमतीय बाटोबाट जानुपर्ने नेता केसीको सुझाव रहेको छ ।
त्यस्तै देशको अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरुबीच साझा अवधारणाको निर्माण गर्दै सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।
नेता केसीले यसअघि पनि गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया