किष्ट बैंक घोटाला प्रकरण : घर्ती र श्रेष्ठ पुनः पक्राउ

काठमाडौं । प्रहरीले किष्ट बैंक घोटाला प्रकारणमा पक्राउ परेका दुई अधिकारीलाई पुनः पक्राउ गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकका तत्कालिन नायब महाप्रबन्धक बाल नरसिंह घर्ती र उच्च तहका कर्मचारी प्रगुन श्रेष्ठलाई पुनः पक्राउ गरेको हो ।

ब्यूरो स्रोतका अनुसार उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । 

यद्यपि, उनीहरुलाई के कसुरमा नियन्त्रणमा लिइएको हो भन्ने विषयमा ब्यूरोले खुलाइएको छैन ।

सीआईबीका एक अधिकारीका अनुसार उनीहरुको कसुरबारे शनिबार वा आइतबार सार्वजनिक गर्ने जानकारी दिए । 

जम्को प्रकाशन प्रालिलाई कमसल धितोको अधिक मूल्यांकन गरी बैंकको कर्जा लगानी नीति विपरित अधिकतम सीमाभन्दा बढी १२ करोड रुपैयाँ कर्जा प्रदान गरिएको थियो । उक्त कर्जा रकम परियोजनामा खर्च नगरी दुरुपयोग गरी बैंकिङ कसुर गरेकोले आरोपमा उनीहरुलाई यसअघि २०७० साल मंसिरमा सीआईबीले नै पक्राउ गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?