कांग्रेस नेता केसी र अध्यक्ष नेपालबीच भेटवार्ता

लोकपथ
260
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका नवनिर्वाचित सांसद अर्जुननरसिंह केसीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेता केसीले पछिल्लो पटक दलका शीर्षस्थ नेतासँगको भेटघाटलाई तीव्रता दिएका हुन् । यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका थिए ।

मंगलबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा नेता केसीले बधाई साटासाट गर्नुको साथै निर्वाचनमा गठबन्धन दलहरुको भूमिका र समिक्षा गरेको उनको सचिवालयले जनाएको छ ।

साथै भेटका दुई नेताबीच राष्ट्रिय राजनीतिको बारेमा महत्वपूर्ण कुराकानी भएको बताइएको छ । अध्यक्ष नेपाल र नेता केसीबीच करिब ४५ मिनेट नेपाल निवास कोटेश्वरमा समसामयिक राजनीतिक परिस्थिति र शिष्टाचार भेटघाट भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?