काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियशनले सरकारले ल्याएको अध्यादेश अविलम्ब फिर्ता लिन माग गरेको छ ।
मंगलवार विज्ञप्ति जारी गर्दै बारकी महासचिव अन्जिता खनालले वर्तमान समयमा सरकारले संवैधानिक प्रावधानलाई पुष्टि गर्न नसक्ने गरी सरकारले अध्यादेश ल्याएको भन्दै अविलम्ब फिर्ताको माग गरेकी हुन् ।
‘विधिको शासन, लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका लगायतका संविधानबादका सिद्धान्त अंगिकार गरी संवैधानिक सर्वोच्चता मान्ने वर्तमान संवैधानिक प्रावधान अनुसार संसद चालु नरहेको अवस्थामा अत्यावश्यक कार्य गर्न आवश्यक पर्ने विषयमा अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानलाई पुष्टि हुन नसक्ने गरी नेपाल सरकार, मन्त्री परिषद्बाट जारी गर्न खोजेको मुलुकी फौजदारी कार्यविधि संहिता संशोधन अध्यादेश, २०७९ अविलम्ब फिर्ता लिनका लागि नेपाल बार एशोसिएशन नेपाल सरकार मन्त्री परिषद् समक्ष जोडदार माग गर्दछ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
मंसिर ४ को निर्वाचनबाट नयाँ प्रतिनिधिहरु निर्वाचित भइ नयाँ सरकार बन्ने चरढणमा रहेको अवस्थामा कामचलाउ अवस्थामा रहेको सरकारले अध्यादेश ल्याउन नहुने बारको जोड रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया