गाउँपालिका राष्ट्रिय महासंघको अधिवेशन : अध्यक्ष र उपाध्यक्षमा कांग्रेस, महासचिव र सचिवमा एमाले

लोकपथ
35
Shares

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले मंगलबार भागबन्डा टुंग्याएका छन् । तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो ।

गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि भएपछि पहिलो पटक महाअधिवेशन भएको हो ।  महाधिवेशनले गर्दा धेरै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष यतिबेला काठमाडौं आएका छन् ।

मंगलवार राजनीतिक दलहरुले टुंग्याएका भागबन्डा अनुसार गत वैशाखमा सम्पन्न भएको स्थानीयतहको निर्वाचनमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने सहमति भएको छ । सहमति अनुुसार कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाउने भएको छ भने कांग्रेसले अझै उपाध्यक्षको टुंगो लगाउन भने सकेको छैन् ।

त्यस्तै दोस्रो ठूलो दल नेकपा एमालले महासचिव, सचिव र ७ जना सदस्य पाउने भएको छ । एमालेले महासचिवमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई पठाउने भएको छ । त्यस्तै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने कोषाध्यक्ष पाएको छ तर नाम टुंगो लगाउन भने सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?