‘वेलकम टु हेम्जाकोट’ लाई उत्कृष्ट नेपाली फिल्मको अवार्ड

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौंमा आयोजित चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा नेपाली फिल्म ‘वेलकम टु हेम्जाकोट’ ले उत्कृष्ट नेपाली फिल्मको अवार्ड जितेको छ ।

तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३४ देशका विभिन्न विधाका ७२ अन्तराष्ट्रिय फिल्म तथा नेपालका ३४ फिल्महरु सहभागि भएका थिए ।

महोत्सवको समापन समारोहको उद्घाटन काठमाडौं ३ बाट नवनिर्वाचित संघीय सांसद सन्तोष चालिसेले गरेका थिए ।

फिल्म क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रम नेपाल कल्चर एण्ड फिल्म सेन्टरका अध्यक्ष सन्तोष सुवेदीको सभापतित्वमा भएको थियो । नेपाल चलचित्र विकास बोर्डको हलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ठ भएका राष्ट्रिय अन्तराष्ट्रिय फिल्महरुलाई अवार्ड प्रदान गरिएको थियो ।

फिल्ममा विनोद न्यौपाने, बुद्धि तामाङ, शारदा गिरी, अम्बिका तामाङ, सुजैरा कार्की, अस्मिता पन्त, बिशाल पहाडी, रबि गिरी, सन्दिप सिग्देल र स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । तेजप्रसाद दाहालको प्रस्तुतिमा सुमन खड्का कार्यकारी निर्माता रहेको फिल्ममा जितेन्द्र गिरी निर्माताको रुपमा छन् ।

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रवीण राई, रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेका छन् । दीर्घ गुरुङले खिचेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?