क्रोएसिया भर्सेस अर्जेन्टिना : यस्तो छ ‘हेड टु हेड’

लोकपथ
217
Shares

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलका खेलहरु आज मंगलबारबाट शुरु हुँदैछ । पहिलो सेमिफाइनल खेलमा आज साविक उपविजेता क्रोएसिया र अर्जेन्टिना आमने सामने हुँदै छन् । अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

दोहाको लुसेल रंगशालामा हुने पहिलो सेमिफाइनलमा मैदान उत्रदा अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ । अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा हुने भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् ।

क्रोएसियालाई हराएर अर्जेन्टिना विश्वकपको फाइनल पुग्ने दाउमा रहेको छ भने साविक उपविजेता क्रोएसिया पनि अर्जेन्टिनालाई हराएर दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न चाहान्छ ।

अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ भने क्रोएसियाले विश्वकप उपाधि जित्न सकेको छैन ।

हेड टु हेड :

अर्जेन्टिना र क्रोएसियाबीच हालसम्म पाँच पटक आमने सामने भएका छन् । भएको ५ भेटमा अर्जेन्टिना र क्रोएसिया समान दुई खेलमा जित निकालेका छन् भने एक खेल बराबरीमा भएको थियो ।

अर्जेन्टिना र क्रोएसियाबीच पछिल्लो पटक २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो । समूह चरणको भेटमा क्रोएसियाले अर्जेन्टिनालाई ३-० ले हराएको थियो ।

शुरुआती-११

अर्जेन्टिना : एमिलियानो मार्टिनेज, नाहुएल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, निकोलस टाग्लियाफिको, रोड्रिगो डी पाउल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, जुलियन अल्भारेज, लियोनेल मेस्सी

क्रोएसिया : स्डो मिनिक लिभाकोभिच, जोसिप जुरानोभिच, डेजान लोभरेन, जोस्को ग्वार्डियोल, बोर्ना सोसा, लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच, माटेओ कोभासिच, एन्ड्रेज क्रमारिच, मारियो पासालिच, इभान पेरिसिच

प्लेयर्स टु वाच :

अर्जेन्टिना : लियोनल मेस्सी
क्रोएसिया : लुका मोड्रिच

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?