अध्यादेशविरुद्ध एमाले निकट अनेरास्ववियुको विरोध प्रदर्शन (फोटोफिचर)

लोकपथ
143
Shares

काठमाडौं । फौजदारी अभियोगसहित राजनीतिक मुद्दामा थुनामा रहेकाहरुलाई जेलमुक्त गर्ने अभिप्रायले सरकारले ल्याएको अध्यादेशविरुद्ध एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

मंगलबार बिहान घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुका विद्यार्थीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

प्रदर्शनकारीले ‘राजनीतिमा अपराधिकरण र अपराधको राजनीतिकरण बन्द गरौँ, गठे सरकार बनाउन परमादेश, अपराधि छुटाउन अध्यादेश !, परमादेश अध्यादेश ज्यानमारा बचाउने नालायक सरकार मुर्दावाद’ लगायतका नाराहरु लगाएका थिए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले फौजदारी मुद्दा भोगिरहेका कैलाली टिकापुर घटनाका दोषी रेशम चौधरीसहित राजनीतिक मुद्दाका बन्दीहरुलाई छुटाउन खोजेको भन्दै विरोध भइरहेको छ ।

सरकारले हिंसात्मक बाटोमा रहेको राजनीतिलाई शान्तिपूर्ण बाटोमा ल्याउनको लागि अध्यादेश ल्याएको दाबी गरिरहेको छ । तर सत्ता पक्षकै सांसद एवं नेताहरुले त्यसको विरोध गरिरहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?