ज्याकलिन फर्नान्डिसविरुद्ध २ सय करोडको मानहानी मुद्दा

लोकपथ
78
Shares

काठमाडौं । अभिनेत्री नोरा फतेहीले अर्की अभिनेत्री ज्याकलिन फर्नान्डिसविरुद्ध २ सय करोडको मुद्दा दायर गरेकी छन् ।

एएनआईका अनुसार नोराबाट ज्याकलिनमाथि दुर्भावना प्रेरित गलत बयान दिएको आरोप लगाइएको छ । दुबै अभिनेत्री मुद्रा अपचलन मुद्दामा मुछिएका थिए ।

३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध अहिले पनि मुद्रा अपचलनको मुद्दा चलिरहेको छ । ज्याकलिनमाथि वित्तीय अनियमिताका आरोप छ । उनीमाथि सुकेश चन्द्रशेखरसँग महँगो गिफ्ट लिएर मुद्रा अपचलन गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?